काठमाडाैँ ।
त्रिकोणात्मक टी-२० सिरिजको पहिलो खेलमा नामिबियासँग नेपाल २० रनले पराजित भएको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जितका लागि २०७ रनको लक्ष्य पछ्याएको नेपाल १८.५ ओभरमा १८६ रनमा अल आउट भयो ।
ओपनर कुशल भुर्तेल गोल्डेन डकआउट भए भने अर्का ओपनर आसिफ शेखले ६ रन मात्र जोड्न सके, कुशल मल्लले ३२ रन , गुल्सन झा १२ ,सन्दीप जोराले ५ रन , विवेक यादव ६ रनमा आउट भए।
नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ४७ र कप्तान रोहित पौडेलले ४२ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । नामिबियाका रुबेन ट्रम्पलम्यानले ४ विकेट लिए ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नामिबियाले निकोल लोफ्टी इटनको विश्व कीर्तिमानी शतकसँगै निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०६ रन बनायो ।
सिरिजमा अब नेपालले बुधबार नेदरल्यान्ड्ससँग खेल्नेछ।
Comment