मिटरब्याज पीडित र मकवानपुरका स्थानीयबीच झडप

मिटरब्याज पीडित र मकवानपुरका स्थानीयबीच झडप

काठमाडाैँ ।

मनकवानपुरमा मिटरब्याज पीडित र स्थानीयबीच झडप भएको छ ।

न्याय मार्चमा हिँडेका मिटरब्याज पीडित र स्थानीयबीच झडप हुँदा २ जना घाइते भएका छन् ।

काँकडभिट्टाबाट पैदल हिँडेर आएको मिटरब्याज पीडितको समूह मकवानपुरको मनहरी पुलमा आइपुग्दा स्थानीय एक समूहसँग विवाद सुरु भएको मिटरब्याज तथा ठगीविरुद्ध किसान संघर्ष समितिका संयोजक अवधेश कुशवाहले जानकारी दिए ।

संयोजक कुशवाहका अनुसार गाडी राखेर बाटो अवरोध गरेपछि विवाद सुरु भएको थियो । झडपमा घाइते भएकाहरुलाई उपचारका लागि मनहरी अस्पताल लगिएको कुशवाहले बताए ।

मिटरब्याजको समस्या समाधान नभएको भन्दै पीडितहरुले १६ माघमा पूर्वको काकडभिट्टा र पश्चिमको कञ्चनपुरबाट न्याय मार्च थालेका थिए ।