पेट्रोलियम पदार्थबाट चल्ने साना कारमा ४.४ प्रतिशत कर बढ्ने

पेट्रोलियम पदार्थबाट चल्ने साना कारमा ४.४ प्रतिशत कर बढ्ने

काठमाडौं।

पेट्रोलियम पदार्थबाट चल्ने साना कारमा ४.४ प्रतिशत कर बढ्ने भएको छ । सरकारले बढाएको कर भन्सारमा २.४ प्रतिशत र सडक निर्माण दस्तुर (आडीएफ) २ प्रतिशत हो ।

अहिले बढेको कर आयातकर्ताले भन्सारमा दिने मूल्य, बीमा र ट्रान्सपोर्टेशन खर्च सहितको बील (सिआईएफ)मा भन्सार सबैभन्दा पहिला जोडिन्छ ।

भारत र चीनबाट आयात हुने पेट्रोल कारमा ३ प्रतिशत भन्सार छुट दिदै आएको सरकारले हिजो सार्वजनिक भएको बजेटमार्फत हटाएको छ । यसरी हटाउँदा सुरुमै २.२ प्रतिशत कर थपिएको हो ।

यसअघि सरकारले २००० सीसीसम्मका पेट्रोल र डिजेल कारमा लगाउँदै आएको ८ प्रतिशत सडक निर्माण दस्तुर (आरडीएफ) बढाएर १० प्रतिशत बनाएको छ । नेपाल सरकारले आरडीएफ भन्सार विन्दुमा सबैभन्दा अन्तिममा लगाउने कर हो ।

हेर्दा ४.४ प्रतिशत देखिएपनि ५ प्रतिशत माथिको असर मूल्यमा पर्ने देखिन्छ । सरकारले दिदै आएको ३ देखि ५ प्रतिशतसम्मको चीन र भारतबाट हुने आयातको भन्सार शुल्कको असर विद्युतीय र पेट्रोलियम पदार्थ दुबैबाट चल्ने कारमा पर्नेछ । तर, सडक निर्माण दस्तुरको असर भने साना पेट्रोल कारमा पर्नेछ ।