पौडी खेल्न महाकालीमा पसेका किशाेर बेपत्ता

पौडी खेल्न महाकालीमा पसेका किशाेर बेपत्ता

काठमाडाैँ ।

कञ्चनपुरको महाकाली नदीमा डुबेर एक किशोर बेपत्ता भएका छन्।

शनिबार साँझ पौडी खेल्ने क्रममा डुबेर दोधारा चाँदनी नगरपालिका–९, ढकनाघाटका १७ वर्षीय विष्णु सुनार बेपत्ता भएका प्रहरीले जनाएको छ।

शनिबार साँझदेखि नै स्थानीय र प्रहरीले उनको खोजी गरेपछि आइतबार दिउँसोसम्म फेला पार्न सकेका छैनन्।

शनिबार गाउँका ६ जना सँगै पौडी खेल्न महाकालीमा गएका थिए। बेपत्ता किशोरको खोजीमा सशस्त्र प्रहरीको गोताखोर टोलीसँगै प्रहरी र स्थानीय जुटेका छन्।