काठमाडौं ।
सुनको भाउले पुनः नयाँ रेकर्ड कायम गरेको छ ।
सुनको भाउ सोमबार प्रतितोला १ हजार ६०० रुपैयाँ बढेको हो । सोमबार छापावाल सुनको भाउ १ लाख ३१ हजार ६०० रुपैयाँ तोकिएको छ । आइतबार छापावाला सुनको भाउ १ लाख ३० हजार रुपैयाँमा कारोबार भएको थियो ।
यसअघि चैत १६ गते १ लाख ३० हजार पुगेर रेकर्ड कायम गरेको सुनको भाउले आज सोमबार फेरी नयाँ रेकर्ड राख्न सफल भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तेजावी सुन प्रतितोला १ लाख ३० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजावी सुन प्रतितोला १ लाख २९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, सोमबार चाँदी प्रतितोला १ हजार ५३५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला १ हजार ५२५ रुपैयाँमा कारोबार भएको थियो ।
Comment