बलात्कार मुद्दामा १८ वर्ष जेल, १ लाख जरिमाना !

बलात्कार मुद्दामा १८ वर्ष जेल, १ लाख जरिमाना !

तनहुँ ।

तनहुँ जिल्ला अदालतले जबरजस्ती करणी मुद्दामा एक अभियुक्तलाई १८ वर्ष कैद फैसला सुनाएको छ ।

जिल्ला न्यायाधीश कमलराज विष्टको आइतबारको इजलासले प्रतिवादी म्याग्दे गाउँपालिका–७ का विशाल विकलाई १८ वर्ष कैद फैसला सुनाएको हो । साथै उनीविरुद्ध १ लाख रुपैयाँ जरिमानाको फैसला भएको अदालतका स्रेस्तेदार केशवप्रसाद पौडेलले जानकारी दिए ।

परिवर्तित नाम २०७८/०७९ चबहादुरले विकविरुद्ध जाहेरी दिएका थिए । प्रहरीले प्रतिवादीविरुद्ध २०७८ असोज १२ गते अदालतमा जबरजस्ती करणीमा मुद्दा दर्ता गरेको थियो ।

उक्त मुद्दामा अदालतमा १२ पटक पेसी तोकिएको थियो । यही माघ २१ गते न्यायाधीश विष्टकै इजलासले उक्त मुद्दामा आदेश सुनाउँदै सजाय निर्धारणका लागि पेस गर्न भनेको थियो । सोहीबमोजिम आइतबार विकविरुद्ध कैद फैसला भएको अदालतले जनाएको छ ।