महिला लघुवित्तले बाेलायाे साधारण सभा

महिला लघुवित्तले बाेलायाे साधारण सभा

काठमाडौँ ।

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले ६ औं वार्षिक साधारण सभा बोलाएको छ ।

कम्पनीले फागुन ११ गते बसेको सञ्चालक समितिको बैंठकको निर्णय अनुसार सभा फागुन २७ गते आइतबार हिमालयन दिश्य रिसाेर्ट धुलिखेल काभ्रेमा बिहान ११ बजे आह्वान गरेको हो ।

कम्पनीले सेयरधनीलाई लाभांश नदिने भएको छ । सभामा अन्य लघुवित्त संस्थाहरुसँग गाभ्ने–गाभिने सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव रहेको छ ।

आर्थिक वर्ष २०७९/८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । सभामा संस्थापक सेयरधनीबाट ४ जना सञ्चालक निवार्चन गर्नेछ।

सभा प्रयोजनाको लागि कम्पनीले फागुन १५ गते बुक क्लोज गर्ने भएको छ । फागनु १४ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछ ।