फोहोर टिप्ने बहानामा कराेडौँकाे चाेरी, ५ भारतीय पक्राउ

फोहोर टिप्ने बहानामा कराेडौँकाे चाेरी, ५ भारतीय पक्राउ

काठमाडौंमा फोहोर टिप्ने बहाना बनाएर दिउँसोको समयमा चोरी गर्ने पाँचजना भारतीय पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारतको समस्तीपुर जिल्ला मोहदीनगर घर भई हाल काठमाडौंको तिलगंगा बस्ने २६ वर्षीय लक्का भन्ने विकास पोदार, भारतको वेगुसरा जिल्ला बरौनी बस्ने वर्ष २८ को जितेन्द्र पोदार, भारतकै बैशाली जिल्ला बिहार बुधुपुरका २७ वर्षीय भाईलाल पोदार, भारत समस्तीपुर जिल्ला विध्यापती थानाका ४० वर्षीय संजय पोदार र भारत समस्तीपुरकै ५० वर्षीया मञ्जु देवी पोदार रहेका छन्।

प्रहरीका अनुसार माघ २८ गते काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ माकलवारी स्थित दिलमाया आले मगरको घरबाट दिउँसोको समयमा कोही नभएको मौका पारी घरको ढोका फुटाई सुनका विभिन्न गरगहना तथा नगद गरी ६५ लाख बराबरको धनमाल चोरी भएको थियो।

सो घटनामा संलग्न भारतीय नागरिक लक्का भन्ने विकास पोदार समेतलाई प्रहरीले बुधबार जडिबुटीबाट पक्राउ गरेको थियो।

उनीसमेत संलग्न भई माघ २४ गते बूढानीलकण्ठ नगरपालिका–१० स्थित दिनेश घिमिरेको घरबाट सुन तथा नगद गरी २५ लाख बराबरको धनमाल र २८ गते गोकणेश्वर–३ गिता राईको घरबाट सुन तथा चाँदीका गर गहना तथा नगद समेत गरि अन्दाजी ४ लाख १० हजार बराबरको धनमाल समेत चोरी गरी लगेको अनुसन्धानका क्रममा खुलेको छ।

सो कार्यमा संलग्न अन्य व्यक्तिहरूलाई समेत पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत, बौद्ध पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।