नामिबियाविरुद्ध नेपालको खराब शुरुवात, शिर्ष ४ ब्याट्सम्यान आउट

नामिबियाविरुद्ध नेपालको खराब शुरुवात, शिर्ष ४ ब्याट्सम्यान आउट

काठमाडौँ ।

नेपालले नामिबियाविरुद्ध खराब शुरुवात गरेको छ ।

आइसीसी क्रिकेट विश्वकप लिग- २ अन्तर्गतको पहिलो खेलमा टस हारेर पहिला ब्याटिंग गरिरहेको नेपालले चौथो विकेट गुमाएको छ ।

नेपालका कप्तान रोहित पौडेल १ रन बनाएर आउट भएका छन् । यसअघि आसिफ सेख ४, अनिल शाह ८ र कुशल भुर्तेल रोयल डकमा आउट भएका थिए ।

यो समाचार तयार गरुजेल नेपालले ९.४ ओभरमा ४ विकेट गुमाएर २५ रन बनाएको छ ।