माघ महिनामा घरजग्गा कारोबार हालसम्मकै उच्च

माघ महिनामा घरजग्गा कारोबार हालसम्मकै उच्च

काठमाडौं ।

चालु आर्थिक वर्ष २०८०/०८१ को माघ महिनामा घरजग्गा कारोबार हालसम्मकै उच्च भएको छ ।

पुस महिनाको तुलनामा माघमा घरजग्गा कारोबार पाँच हजारले बढेको छ ।

भूमि विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार माघमा ५० हजार ९२१ भन्दा बढी लिखत पारित भएको छ ।

पुस महिनामा ४५ हजार २७५ लिखत पारित भएको थियो । कारोबारसँगै राजस्व पनि बढेको छ ।

घरजग्गा कारोबारमार्फत सरकारले माघमा तीन अर्ब ३७ करोड ५७ लाख ४६ हजार २३१ रुपैयाँ राजस्व संकलन भएको छ ।

पुस महिनामा तीन अर्ब २० करोड ५२ लाख १३ हजार ५३० रुपैयाँ राजस्व संकलन भएको थियो ।