माल्दिभ्सविरुद्ध नेपालकाे शानदार जित, १३ रनमै अलआउट भयाे माल्दिभ्स

माल्दिभ्सविरुद्ध नेपालकाे शानदार जित, १३ रनमै अलआउट भयाे माल्दिभ्स

काठमाडौँ । 

मलेसियामा जारी एसिसी महिला प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगितामा नेपालले माल्दिभ्समाथि शानदार जित हात पारेको छ ।

समूह ‘डी’अन्तर्गत मंगलबार भएको खेलमा नेपालले माल्दिभ्सलाई २१४ रनले पराजित गरेको हो ।

टि–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको यो ठुलो अन्तरको जित हो । यसअघि नेपालले कतारलाई ११९ रनले हराएको थियो ।

मलेसियाको वाईएसडी ओभलमा नेपालले दिएको २२८ रनको विशाल लक्ष्य पछ्याएको माल्दिभ्स १३ ओभर ५ बलमा १३ रन बनाउँदा अल आउट भयो ।

मलेसियाकी कप्तान सुमया हमीदले सबैभन्दा धेरै ५ रन बनाइन् । मलेसियाका ६ जना खेलाडीले १ रन पनि जोड्न सकेनन् । नेपालकी अश्मिना कर्माचार्यले ४ तथा पूजा महतो र रुबिना क्षेत्रीले समान ३ विकेट लिए ।

यसअघि रुविना क्षेत्रीको कीर्तिमानी शतकमा नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय २७ रन बनाएको थियो ।

नेपालका लागि रुविनाले ५९ बलमा अविजित रहँदै १० चौका र ५ छक्काको मदतमा १ सय १८ रन बनाइन् । टी-ट्वान्टी अन्तर्राष्ट्रियमा नेपाली महिला क्रिकेटरले शतक पूरा गरेको यो पहिलो पटक हो ।