याे सरकारले जनताकाे दुःख पार लगाउँदैन : माधव नेपाल

याे सरकारले जनताकाे दुःख पार लगाउँदैन : माधव नेपाल

जनकपुर ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धनबाट जनताका दुःख पार लाग्ने कुरा सोच्न नसकिने बताएका छन् ।

सोमबार नेकपा एस मधेस प्रदेश कमिटी बैठकलाई जनकपुरधाममा सम्बोधन गर्दै उनले गठबन्धन अहिलेको शक्ति सन्तुलनको आवश्यकता मात्रै भएको बताए ।

उनले शक्ति सन्तुलनका लागि मात्रै अहिलेका गठबन्धनमा राजनीतिक दलहरूको एकतालाई बलियो बनाइएको बताए ।

वर्तमान गठबन्धनलाई कसैले ढाल्न नसक्ने दाबी गर्दै उनले गठबन्धनको अहिले कुनै विकल्प नरहेको र लोकतन्त्र, संघीयता, संविधानका पक्षपोषकहरु एक ठाउँमा उभिएर अघि बढ्न आवश्यक रहेको पनि बताए ।

अध्यक्ष नेपालले आफ्नो पार्टीले नेकपा एमालेलाई शत्रु नठानेको भन्दै आफूलाई नोक्सान पुर्‍याउन खोजेमा प्रतिवाद मात्रै गर्ने गरेको बताए ।