‘नेपाल वैदिक सनातन संस्कृतिको उद्गमस्थल’

‘नेपाल वैदिक सनातन संस्कृतिको उद्गमस्थल’

काठमाडाैँ ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल वैदिक सनातन संस्कृतिको उद्गमस्थल रहेको बताएका छन् ।​

गार्गी कन्या गुरुकुलद्वारा आज आयोजित श्रीमद्‌भागवत सप्‍ताह ज्ञान महायज्ञको उद्घाटन गर्दै उनले गुरुकुलको विकासका लागि राज्यले विशेष ध्यान दिनुपर्ने बताए ।

राष्ट्रपति पौडेलले छात्रालाई वेद शिक्षा प्रदान गर्नका लागि गार्गी कन्या गुरुकुल विद्याश्रमले खेलेको भूमिकाको उच्च प्रशंसा गरे । ‘समाजलाई सभ्य, सुसंस्कृत र समृद्ध बनाउन नारीहरूलाई सुशिक्षित, स्वावलम्बी र सशक्त बनाउनुपर्छ’, उनले भने ।

देशमा रहेका गुरुकुलमा छात्रालाई यथोचितरुपमा वैदिक शिक्षा दिने व्यवस्था हुन नसकेको अवस्थामा यसबाट उनीहरूलाई गुरुकुलको वातावरणमा वैदिक शिक्षा दिने प्रबन्ध गर्नु सुखद पक्ष भएको राष्ट्रपति पौडेलको भनाइ थियो ।

उनले ऋषिमुनि र तपस्वीको आदर्शको अनुशरण गर्दै देवघाटधाममा सन्त महात्माले आश्रम र गुरुकुल चलाएर यहाँको महत्वलाई बढाउनु प्रशंसनीय कार्य भएको बताए ।