आफ्नै घरभित्र मृत भेटीए भण्डारी दम्पती

आफ्नै घरभित्र मृत भेटीए भण्डारी दम्पती

काठमाडौँ ।

मकवानपुरमा श्रीमान र श्रीमती आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन्।

बुधबार अपराह्न पौने ५ बजे हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ भैरवरोड नजिकै लटिनाथ चिसापानीमा श्रीमान र श्रीमती मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए।

६२ वर्षीय श्रीमान केशव भण्डारी र उनकी ५६ वर्षीया श्रीमती अम्बिका भण्डारी मृत फेला परेका हुन्।

डिएसपी भण्डारीका अनुसार आफ्नै घरको कोठाभित्र श्रीमान केशव झुण्डिएको अवस्थामा फेला परेका हुन्।

श्रीमती अम्बिकामाथि भने धारिलो हतियार प्रहार गरेको देखिएको प्रहरीले जनाएको छ।

घटनाको अनुसन्धान गर्न कार्यालयबाट एसपी सिताराम रिजालको कमाण्डमा टोली खटिएको थियो। हेटौंडा अस्पतालबाट पनि चिकित्सकको टोली खटिएर अनुसन्धान अघि बढाएको थियो।

थप अनुसन्धान बाँकी नै रहेको प्रहरीले जनाएको छ।