पोखराका लागि उडेको सौर्य एयरको जहाज दुर्घटना

पोखराका लागि उडेको सौर्य एयरको जहाज दुर्घटना

काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको (एन–एएमई (सीआरजे २००) जहाज दुर्घटनामा परेको छ ।

यो जहाजले धावनमार्ग छाड्नासाथ भुईमा बजारिएको पाइएको छ । दुर्घटनाग्रस्त जहाज पोखराका लागि उडेको थियो ।

जहाजमा कति यात्रु थिए भन्ने खुलेको छैन । अहिले उद्दारको काम चलिरहेको छ ।

दुर्घटनाका कारण विमानमा आगो लागेको छ । अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली नियन्त्रणको प्रयासमा छ ।

जहाजमा रहेका क्याप्टेन ३७ वर्षीय मनीष शाक्यलाई उद्धार गरेर केएमसी अस्पतालमा लगिएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले सेतोपाटीलाई जानकारी दिए।

बुधबार बिहान करिब ११ बजे जहाज दुर्घटनामा परेको थियो।

जहाजबाट धुवाँ आएको देखिएपछि अग्निनियन्त्रक, प्रहरी र नेपाली सेना परिचालन गरिएको छ।

जहाजमा १९ जना यात्रु रहेका थिए।