चन्द्रागिरि केबलकारमा ६० जना यात्रु डिब्बामै अड्किए

चन्द्रागिरि केबलकारमा ६० जना यात्रु डिब्बामै अड्किए

काठमाडौं ।

चन्द्रागिरि केबलकारमा यात्रुहरू अड्किएका छन् । विद्युत सेवा अवरुद्ध हुँदा यात्रु डिब्बामै अड्किएका हुन् ।

अवरुद्ध विद्युत सेवा सञ्चलानमा आउन समय लाग्ने भएकोले डिब्बामा फसेका यात्रुलाई उद्धार गर्ने तयारी गरिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार अन्दाजी ५० देखि ६० जना केबलकारमा फसेका छन्। यसरी फसेको खबरपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी घटनास्थलमा खटिएका छन्।

उद्धारका लागि सशस्त्र प्रहरीको नम्बर ९ पशुपतिनाथ बाहिनीबाट ११ जनाको सशस्त्र प्रहरीको टोली चन्द्रागिरितर्फ गएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

७-८ वटा डिब्बामा यात्रुहरू फसेको सह प्रवक्ता डिएसपी थापाले बताए। केबलकारमा यकिन कतिजना छन् भन्ने खुलेको छैन।