आज नेप्से घटेपनि ६ महिना यताकै उच्च कारोबार

आज नेप्से घटेपनि ६ महिना यताकै उच्च कारोबार

काठमाडौं ।

लगातार चार कारोबार दिनदेखि बढेको सेयर बजारमा सोमबार करेक्सन आएको छ।

पछिल्लो चार कारोबार दिन नेप्से परिसूचक १२०.८२ अंक बढिसकेको छ।

सोमबार नेप्से परिसूचक १७.१८ अंकले घटेको छ।

नेप्से ०.७६ प्रतिशतले घटेर २२४०.४१ विन्दुमा बन्द भएको छ।

सोमबार कारोबार रकम गत छ महिनायताकै उच्च रहेको छ। आज आठ अर्ब ७३ करोड १४ लाख ३६ हजार रूपैयाँको सेयर कारोबार भएको छ।

यसअघि गत माघ ३ गते नौ अर्ब ७६ करोडको सेयर कारोबार भएको थियो।

आजको कारोबार त्यसयताकै उच्च हो।

आइतबार भने सात अर्ब ६२ करोड चार लाख ९८ हजार ५२० रूपैयाँको सेयर कारोबार भएको थियो।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा एक अर्ब ११ करोड रूपैयाँ वृद्धि भएको हो।

यस दिन ३२२ वटा धितोपत्रको दुई करोड ५० लाख ७९ हजार ७९ कित्ता सेयर किनबेच भएको हो।

सोमबार ५६ कम्पनीको सेयर मूल्य बढेको छ भने १८४ वटाको घटेको छ। यस्तै, २ कम्पनीको मूल्य स्थिर रहेको छ।

यसदिन सिभिल बैंक डिबेञ्चर २०८८ को मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ। उक्त डिबेञ्चरको सेयर मूल्य एक हजार १८५ रूपैयाँ ८० पैसा कायम भएको छ।

यस्तै, माण्डु हाइड्रोपावरको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य एक हजार ४९३ रूपैयाँ कायम भएको छ।

जानकी फाइनान्सको मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ।

उक्त कमपनीको मूल्य ७४२ रूपैयाँ ५० पैसा कायम भएको छ।

यस्तै, १०% एनआइसी एसिया डिबेञ्चर २०८५÷८६ को मूल्य ६.९४ प्रतिशतले घटेर प्रति डिबेञ्चर मूल्य एक हजार ५ रूपैयाँ कायम भएको छ।

सोमबार अपर तामाकोशी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ।

कम्पनीको प्रतिकित्ता मूल्य १७६ रूपैयाँ ७० पैसामा ३७ करोड ८ लाखको सेयर कारोबार भएको छ।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा नेपाल इन्फ्रास्टक्चर बैंक रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता २२८ रूपैयाँमा २१ करोड ९८ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत चार समूहको परिसूचक बढेको छ भने बाँकी नौ समूहको परिसूचक घटेको हो।

यसदिन लगानी समूहको परिसूचक सर्वाधिक १.७० प्रतिशतले बढेको छ भने विकास बैंक समूहको परिसूचक सर्वाधिक १.८९ प्रतिशतले घटेको छ।