अनिल शाह र भीम सार्कीले बनाए शतक, क्यानडाविरुद्ध नेपालकाे क्लिन स्विप

अनिल शाह र भीम सार्कीले बनाए शतक, क्यानडाविरुद्ध नेपालकाे क्लिन स्विप

काठमाडौँ ।

क्यानडाविरुद्धको तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेटमा नेपालका भीम सार्की र अनिल साहले शतक प्रहार गरेका छन् ।

ओडीआईमा भीमको यो पहिलो शतक हो । उनले ओडीआईमा ४ अर्धशतक पूरा गरिसकेका छन् ।

भीमले बलमा ११ चाैका र १ छक्काको मद्दतमा शतक पुरा गरेका हुन् ।

साथै, अनिल शाहले १२० बलमा १०५ रन बनाएर शतक पूरा गरेका हुन् ।

यससँगै ​​लगातार ३ खेल जित्दै नेपालले क्यानडाविरुद्धको एकदिवसीय क्रिकेट सिरिजमा क्लिन स्विप गरेको छ ।

पहिलो खेलमा रोमाञ्चक ७ रन, दोस्रो खेलमा ४ विकेटको जीतपछि अन्तिम खेलमा ९ विकेटको शानदार जितसहित नेपालले क्लिन स्विप गरेको हो ।

जितका लागि चाहिएको २ सय ३३ रनको लक्ष्य नेपालले ४४ ओभर ३ बलमा १ विकेट गुमाएर पूरा गर्‍यो । नेपालका जितमा भिम सार्कीले १ सय २९ बलमा ११ चौका र १ छक्काको मदतमा रन बनाए । अनिल साहले १ सय १२ रन बनाउँदा १ सय २४ बलमा १२ चौका र १ छक्का हिर्काए ।

कुशल भुर्तेल १३ रनमा आउट भए । क्यानाडाका डिलोन हेयलाइगरले १ विकेट हात पारे ।

यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको क्यानाडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ३२ रन जोड्यो ।

क्यानाडाका लागि नवनित धलिवालले ५० रन, निखिल दत्तले ४५ रन, कप्तान साद बिन जाफरले ३१, हर्श ठाकरले २९ तथा श्रिमान्था विजेयेरत्नेले २२ रन बनाए ।

नेपालका लागि हेमन्त धामीले ३ विकेट, कुशल मल्लले २ तथा ललित राजवंशी र आकाश चन्दले १-१ विकेट हात पारे ।