कांग्रेसले धाेका दियाे, अब समीक्षा हुन्छ : प्रचण्ड

कांग्रेसले धाेका दियाे, अब समीक्षा हुन्छ : प्रचण्ड

काठमाडौँ ।

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख सत्तासाझेदार कांग्रेसबाट धोका भएको बताएका छन् ।

माओवादी केन्द्रको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्ने क्रममा उनले कांग्रेसबाट धोका भएको बताएका हुन् ।

कोसी प्रदेशको चुनावी परिणामलाई संकेत गर्दै कांग्रेसबाट आफूहरुले धोका पाएका बताएका उनले सधैं गठबन्धनबाट धोका भइरहेकाले अब गठबन्धनमा समीक्षा गरिने बताए ।

‘कोसीमा कांग्रेसले दिएको धोकाले गम्भीर बनाएको छ । गठबन्धनमा सोच्नुपर्ने ठाउँमा हामीलाई पुर्‍याएको छ’, बैठकमा प्रचण्डले भने ।

पार्टीले सञ्चालन गरेको चार महिने अभियानका सम्बन्धमा प्रदेश इन्चार्जहरूले पेश गरेको रिपोर्टपछि पार्टी अध्यक्ष प्रचण्डले संश्लेषणसहितको आफ्नो धारणा राखेका हुन् ।