धान रोपिरहेका २ महिलामाथि चट्याङ खस्दा दुवै जनाको मृत्यु

धान रोपिरहेका २ महिलामाथि चट्याङ खस्दा दुवै जनाको मृत्यु

बाँके ।

बाँकेमा चट्याङ लागेर दुई महिलाको मृत्यु भएको छ ।

जिल्लाको राप्ती सोनारी गाउँपाकिला –२ मा मंगलबार साँझ ६ बजे धान रोपिरहेका स्थानीय ३२ वर्षीया सम्झना विक र निमा उपाध्यायमाथि चट्याङ खसेको थियो।

जिल्ला प्रहरी प्रमुख एसपी तुलसबहादुर कार्कीका अनुसार चट्याङ लागेर अचेत भएका उनीहरूलाई बेलुका ८ बजे कोहलपुर मेडिकल कलेज लगिएको थियो।

अस्पताल पुर्‍याइएपछि त्यहाँ चिकित्सकले दुवैलाई मृत घोषणा गरेको हो।