थप २ कम्पनीकाे आइपिओ निष्कासनकाे तयारी

थप २ कम्पनीकाे आइपिओ निष्कासनकाे तयारी

२ वटा कम्पनीले सर्वसाधारणका लागि आइपिओ जारी गर्ने तयारी गरेका छन् ।

स्वस्तिक लघुवित्त वित्तीय संस्था र कालिञ्चाेक हाइड्रोपावरले आइपिओ निष्कासनकाे अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् ।

स्वस्तिक लघुवित्तले ८० लाख रुपैयाँ बराबरको ८० हजार कित्ता आइपिओ निष्कासन गर्न बोर्डसँग अनुमति मागेको हो । कम्पनीकाे आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्मेन्ट बैंकिङले गर्नेछ ।

यस्तै, कालिन्चोक हाइड्रोपावरले आयोजना प्रभावित स्थानीय र सर्वसाधारण दुवैलाई प्रतिकित्ता १०० रुपैयाँ दरले कुल ७ करोड ५० लाख रुपैयाँ बराबरको ७ लाख ५० हजार कित्ता आइपिओ निष्कासन गर्न अनुमति मागेको हो ।

कम्पनीकाे आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकको काम आरबिबी मर्चेन्ट बैंकिङले गर्नेछ ।