हिजो रेकर्ड राखेको सुनको भाउ आज घट्यो, कतिमा हुँदैछ कारोबार ?

हिजो रेकर्ड राखेको सुनको भाउ आज घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं ।

सोमबार नेपाली बजारमा सुनको भाउ ओरालो लागेको छ ।
आइतबारको तुलनामा सोमबार सुनको भाउ ४ सय रुपैयाँले घटेको हो ।
हिजो १ लाख ४५ हजार ४ सय रुपयाँमा कारोबार भएको सुन आज १ लाख ४५ हजारमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार सुनको भाउले नयाँ रेकर्ड राखेको थियो ।

यस्तै आज तेजावी सुन १ लाख ४४ हजार ३ सय रुपैयाँमा कारोबा हुने छ ।

आज चाँदीको भाउ भने स्थिर रहेको छ । हिजो १८ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार हुने महासंघले जनाएको छ ।