रिलायन्स स्पिनिङकाे आइपिओ भर्न ४१ हजार ४० रूपैयाँ चाहिने

रिलायन्स स्पिनिङकाे आइपिओ भर्न ४१ हजार ४० रूपैयाँ चाहिने

काठमाडौं ।

बुक बिल्डिङ विधिबाट मूल्य निर्धारण भएको रिलायन्स स्पिनिङ मिल्सले सर्वसाधारण लगानीकर्तालाई साधारण सेयर (आइपिओ) जारी गर्ने भएको छ।

कम्पनीले बुधबार धितोपत्र बोर्डबाट सेयर निष्कासन गर्ने अनुमति पाएको हो।

कम्पनीले सर्वसाधारणलाई प्रतिकित्ता ८२० रूपैयाँ ८० पैसाका दरले सेयर निष्कासन गर्नेछ। न्यूनतम ५० कित्ताको लागि आवेदन दिनुपर्ने भएकोले कम्पनीको सेयर भर्न लगानीकर्ताले ४१ हजार ४० रूपैयाँ खर्च गर्नु पर्नेछ।

मूल्य निर्धारणको लागि कम्पनीले यसअघि योग्य संस्थागत लगानीकर्तालाई सेयर निष्कासन गरेको थियो।

योग्य संस्थागत लगानीकर्ताले बोलकबोलबाट हालेको मूल्य अनुसार कम्पनीको सेयरको कट अफ मूल्य प्रतिकित्ता ९ सय १२ रूपैयाँ निस्किएको थियो।

यसरी निस्किएको मूल्यमा १० प्रतिशतले घटेर सर्वसाधारणको लागि सेयर निष्कासन गर्नुपर्ने व्यवस्था छ।