काठमाडौं ।
नेपाल टेलिकमको मोबाइल सेवामा समस्या देखिएको छ ।
नेपाल टेलिकमको मोबाइलबाट फोन नलाग्ने र एसएमएस नजाने लगायतका समस्या देखिएको हो । मोबाइल डेटा सेवा समेत चलेको छैन ।
सोमबार अपरान्ह साढे ४ बजेपछि टेलिकमको जीएसएम प्रणालीमा जोडिएका सेवाहरु चलेका छैनन् ।
सेवामा समस्या आएकोबारे टेलिकमले वेबसाइट र सामाजिक सञ्जालमा समेत कुनै जानकारी दिएको छैन ।
Comment