हिरो एक्सचेञ्ज मेला : जुनसुकै ब्रान्डका पुराना बाइकसँग नयाँ साट्न पाइने

हिरो एक्सचेञ्ज मेला : जुनसुकै ब्रान्डका पुराना बाइकसँग नयाँ साट्न पाइने

काठमाडौं ।

नेपालका लागि हिरो मोटोकर्पको आधिकारिक वितरक सिजी मोटर्सले पहिलोपटक ‘हिरो एक्सचेञ्ज’ र इभल्भ सोरुम एक्सचेञ्ज आयोजना गरेको छ ।

यो योजना असार ६ गतेदेखि असार १५ गतेसम्म चल्नेछ । यो अवधिमा ग्राहकले कुनै पनि ब्रान्डका मोटरसाइकल एक्सचेञ्ज गर्दा बजारभन्दा आठ हजार बढीको मूल्यांकन पाउने कम्पनीले जनाएको छ ।

एक्सचेञ्ज अफरमा सात हजार रुपैयाँसम्मको नगद छुट तथा निःशुल्क हेल्मेट पनि वितरण गरिने सीजी मोटर्सले बताएको छ ।

एक्सचेञ्ज अफरमा ग्राहकले हिरो एक्स पल्स, सुपर स्प्लेन्डर, स्प्लेन्डर प्लस, स्प्लेन्डर र जुमका दुई पांग्रे सवारी लिन सक्नेछन् । सीजी मोटर्सले हाल नेपालका विभिन्न स्थानमा ५० भन्दा बढी हिरो सोरुम सञ्चालनमा ल्याएको छ ।

कम्पनीले नवलपरासीको सीजी इन्डस्ट्रियल पार्कमा प्रतिवर्ष ७५ हजार युनिट मोटरसाइकल एसेम्बल गर्नसक्ने क्षमताको अत्याधुनिक प्लान्टको उद्घाटन समेत गरेको छ ।