दुर्घटनामा परि ४ जनाको मृत्यु, केही गम्भीर घाइते

दुर्घटनामा परि ४ जनाको मृत्यु, केही गम्भीर घाइते

काठमाडौं ।

सर्लाहीको वाग्मती नगरपालिकास्थित रायमाझी चोकमा आज बिहान भएको दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गस्थित वाग्मती नगरपालिका–११, रायमाझी चोकमा रोकेर राखेको लरीमा यात्रु बस ठोक्किँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा पन्देहीको मायादेवी गाउँपालिका निवासी हरिबहादुर चौधरी, ८५ वर्षीय दशरथ कोहार र ५० वर्षीय रामकरण केवट रहेका छन् ।

रुपन्देहीबाट जनकपुरतर्फ आइरहेको बस दुर्घटना भएको हो । बसमा ४० जना सवार रहेका प्रहरीले जनाएको छ ।

दुर्घटनामा केही व्यक्ति गम्भीर घाइते भएका छन् । जनकपुर, वीरगन्ज र स्थानीय अस्पतालमा उनीहरूको उपचार भइरहेको छ ।

यस्तै,

धादिङको सिद्धलेकमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

सिद्धलेक गाउँपालिका–२ नलाङ स्थित खिर्रेमा ज १ ज ४४४ नम्बरको जिप दुर्घटना हुँदा नलाङ पोखरी गाउँका ५२ वर्षीय लोक बहादुर गुरुङ मृत्यु भएको प्रहरीले जनाएको छ।

जिप सडकबाट करिब ३ सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीको भनाइ छ। दुर्घटनामा एक जना घाइते भएका छन्। उनको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।