तमोर नदीले पार गर्याे खतराकाे तह, सतर्क रहन आग्रह

तमोर नदीले पार गर्याे खतराकाे तह, सतर्क रहन आग्रह

पाँचथर ।

तमोर नदीले चेतावनीको तह पार गरेको छ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महााशाखाका अनुसार पाँचथरको माझिटारमा बिहान ७:५० बजे नदीले चेतावनीकोको तह पार गरेको हो।

महाशाखाका अनुसार तमोरको खतरा तह ७.५ मिटर तोकिएको छ। अहिले ८.८२ मिटर पुगेको छ।

पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद कोइरालाले नदीको वहाब बढेकाले तटीय क्षेत्रमा रहेकाहरूलाई सतर्क रहन भनिएको जानकारी दिए।

‘नदीको वहाब बढिरहेको छ। तटीय क्षेत्रका मानिसहरूलाई सतर्क रहन भनेका छौं,’ उनले भने।