१ लाखले बढ्यो टियागो इभीको मूल्य, नयाँ मूल्य कति ?

१ लाखले बढ्यो टियागो इभीको मूल्य, नयाँ मूल्य कति ?

काठमाडौं ।

टाटा मोटर्सको विद्युतीय गाडी टियागो इभीको मूल्यमा परिमार्जन भई नयाँ मूल्य सार्वजनिक भएको छ।

टियागो इभीको सबै मोडलहरूमा एक लाख रूपैयाँले मूल्य वृद्धि भएको छ।

अब टियागो इभी लङ्ग रेञ्जको सुरुवाती मूल्य २७ लाख ४९ हजार कायम हुनेछ।

नयाँ आर्थिक वर्षको बजेट नीतिका कारण २ लाख ५० हजारदेखि ३ लाखसम्म मूल्य बढ्ने भए पनि सिप्रदी ट्रेडिङ र टाटा मोटर्सको सहकार्यमा मूल्य धेरै बढ्दा ग्राहकहरूलाई पर्न जाने भारलाई मध्यनजर गर्दै मूल्यमा न्यूनतम वृद्धि गर्न लागिएको कम्पनीको भनाइ छ।

कम्पनीको अनुसार अहिले टियागो इभी किन्न सोचिरहेका ग्राहकहरूलाई सीमित स्टक प्रि–बजेट मूल्यमा उपलब्ध गराइने छ।

टियागो इभी नेपालको विद्युतीय चारपांग्रे सवारी साधनको बजारमा सर्वाधिक बिक्री हुने ह्याचब्याक हो। हालसम्म यस गाडीका दुई हजारभन्दा बढी सन्तुष्ट ग्राहकहरू रहेको र यो संख्या उल्लेख्य रूपमा वृद्धि भइरहेको कम्पनीले जानकारी गराएको छ।

टाटा टियोगो इभी आरामदायी तथा क्लच र गियरको झञ्झट नहुने हुँदा गाडी चलाउन एकदमै सजिलो हुने, पार्किङका लागि सहज, किफायती र वातावरणमैत्री भएका कारण पनि यस गाडीको लोकप्रियता बढिरहेको कम्पनीको दाबी छ।