दार्जीलिङको न्यु जलपाइगुडीमा रेल दुर्घटना, ८ जनाको मृत्यु

दार्जीलिङको न्यु जलपाइगुडीमा रेल दुर्घटना, ८ जनाको मृत्यु

काठमाडौँ ।

भारतको दार्जीलिङको न्यु जलपाइगुडी नजिकै एउटा मालगाडी कञ्चनजंघा एक्सप्रेससँग ठोक्किएर दुर्घटनाग्रस्त हुँदा ८ जनाको मृत्यु भएको छ । भारतीय रेलवे बोर्डले उद्धार कार्य पूरा भइसकेको र अहिलेसम्म मृत्यु हुनेको संख्या ८ पुगेको जानकारी दिएको छ ।

अगरतलाबाट सियालदह जाँदै गरेको १३१७४ नम्बरको कञ्चनजंघा एक्सप्रेस जलपाइगुडी स्टेसन नजिकै रंगपानीमा मालगाडीसँग ठोक्किएको थियो । रेलवे बोर्डले उद्धार अभियान पूर्ण रूपमा सकिएको र अहिलेसम्म दुर्घटनामा मृत्यु हुनेको संख्या आठ पुगेको जनाएको छ । हाल घाइते ५० जना अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनापछि रेलमन्त्री अश्विनी वैष्णव दार्जिलिङ प्रस्थान गरेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रपति द्रौपदी मुर्मु, बंगालकी मुख्यमन्त्री ममता बनर्जी र रेलमन्त्रीले यस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । सरकारले मृतकका परिवारलाई १०-१० लाख दिने घोषणा गरेको छ भने गम्भीर घाइतेको उपचारका लागि जनही साढे २ लाख दिने भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । त्यस्तै सामान्य घाइतेलाई जनही ५० हजार दिने केन्द्र सरकारले घोषणा गरेको छ ।