भावुक स्टाटस लेखेर बेपत्ता भएका अर्जुन मैनालीकाे शव भेटियाे

भावुक स्टाटस लेखेर बेपत्ता भएका अर्जुन मैनालीकाे शव भेटियाे

काठमाडौँ ।

२०० पटकभन्दा बढी रक्तदान गरेर चर्चा कमाएका अर्जुन मैनालीले अमेरिकामा आत्मदाह गरेका छन् ।

अमेरिकाको नर्थ क्यारोलिनास्थित लट्टा नेचर प्रिजर्भस्थित पार्कमा उनको शव फेला परेको दाबी गरिएकाे छ।

प्रहरीले पूर्ण रूपमा जलेको अवस्थामा उनको शव भेट्टाएको हो । उनी एउटा भाडाको कार लिएर सो पार्कमा पुगेका थिए । उनी चढेको कार पनि जलेको छ। उनले कारमा आगो लगाएर आत्महत्या गरेको अनुमान गरिएको छ।

‘अग्निको बाटोबाट परलोक जान लागेको’ लेखेर बेपत्ता भएका मैनालीले शरीरमा आगो लगाएकाे बताइएकाे छ । परिवारलाई प्रहरीले निधन पुष्टि गर्दै पत्र दिइसकेको छ ।

आत्मदाह गर्नुको कारण पारिवारिक तनाव भएको उनले उल्लेख गरेका छन् ।

मैनाली सन् २००७/०८ देखि अमेरिकामा बसोबास गर्न थालेका हुन् । उनको परिवारमा श्रीमती, एक छोरा र एक छोरी छन् । छोरीको विवाह भइसकेको छ ।