धादिङमा टिपर दुर्घटना हुँदा १ जनाको मृत्यु, २ घाइते

धादिङमा टिपर दुर्घटना हुँदा १ जनाको मृत्यु, २ घाइते

काठमाडौँ ।

धादिङमा टिपर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन् ।

गएराति  साढे ८ बजेतिर २० मिनेटमा बेनिघाट रोराङ गाउँपालिका–२, छापडाँडामा बा ४ ख ३५५९ नम्बरको टिपर दुर्घटना भएको हो । टिपर आफैँ अनियन्त्रित भई बाटोछेउमा पल्टिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

दुर्घटनामा टिपरमा सवार ३ जना घाइते भएका थिए । उपचारका निम्ति उनीहरूलाई मलेखुस्थित अस्पतालमा ल्याइएको थियो।

उपचारका क्रममा बेनिघाट रोराङ–२ का २९ वर्षीय गोविन्द श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख गौतम मिश्रले जानकारी दिए।  २ जना घाइतेको मलेखुमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ।