वाणिज्य बैंकहरूले घटाए ब्याजदर, कुन बैंकको व्याजदर कति ?

वाणिज्य बैंकहरूले घटाए ब्याजदर, कुन बैंकको व्याजदर कति ?

काठमाडौं ।

वाणिज्य बैंकहरूले ब्याजदर घटाएका छन् । नयाँ ब्याजदर अनुसार बैशाख महिनाका लागि निक्षेपमा औषत ७.०७ प्रतिशत विन्दुले ब्याज दिने भएका हुन् ।

हाल वाणिज्य बैंकहरूमध्ये १३ वटाले निक्षेपको ब्याजदर घटाएका छन् भने २ वटाले बढाएका छन् । ५ वटा बैंकहरुले चैत्र महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । ब्याजदर यथावत राख्ने बैंकहरुमा कृषि विकास बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ९एनआईएमबी०, स्ट्याण्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक, नबिल बैंक र प्रभु बैंक रहेका छन् । आगामी बैशाख महिनाका लागि एनएमबि बैंकको ब्यक्तिगततर्फ ७.९७ प्रतिशत र संस्थागततर्फ ६.९७ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

यस्तै नेपाल एसबिआई बैंकको ब्यक्तिगततर्फ ६.५३ प्रतिशत र संस्थागततर्फ ५.५३ प्रतिशत ब्याजदर पुर्याएको छ । एभरेष्ट बैंकले ब्यक्तिगततर्फ ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर कायम गरेको छ । प्राइम कमर्सियल बैंकले ब्यक्तिगततर्फ ७.०१ प्रतिशत र संस्थागततर्फ ६.०१ प्रतिशत, नबिल बैंकले ब्यक्तिगततर्फ ७.२५ प्रतिशत र संस्थागततर्फ ६.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

त्यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ब्यक्तिगततर्फ ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर कायम गरेको छ भने प्रभु बैंकले ब्यक्तिगततर्फ ७.०५ प्रतिशत र संस्थागततर्फ ६.५० प्रतिशत ब्याजदर तोकेको छ । ग्लोबल आइमई बैंकले ब्यक्तिगततर्फ ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत कायम गर्दा कृषि विकास बैंकले ब्यक्तिगततर्फ ५.६६ प्रतिशत र संस्थागततर्फ ४.५१ प्रतिशत ब्याजदर तोकेको छ ।

सिटिजन्स बैंकले ब्यक्तिगततर्फ ७.५ प्रतिशत र संस्थागततर्फ ६.१५ प्रतिशत ब्याजदर तोकेको छ भने कुमारी बैंकले ब्यक्तिगततर्फ ७.२६ प्रतिशत र संस्थागततर्फ ६.२६ प्रतिशत ब्याजदर तोकेको छ । यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ब्यक्तिगततर्फ ७ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदर तोकेको छ । हिमालयन बैंकले ब्यक्तिगततर्फ ७.५० प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत, नेपाल बैंकले ब्यक्तिगततर्फ ६.७५ प्रतिशत र संस्थागततर्फ ४.४५ प्रतिशत, एनआईसी एशिया बैंकले ब्यक्तिगततर्फ ७.७५० प्रतिशत र संस्थागततर्फ ६.७०० प्रतिशत ब्याजदर निर्धारण गरिएको छ ।