अरुण चाैधरीलाई छाड्ने न्यायाधीश ‘कारबाही’मा, पठाइयाे मुगु

अरुण चाैधरीलाई छाड्ने न्यायाधीश ‘कारबाही’मा, पठाइयाे मुगु

बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा हिनामिना प्रकरणका आरोपी व्यवसायी अरुणकुमार चौधरीसहितलाई रिहा गर्न आदेश दिने काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्य मुगु सरुवा भएका छन् ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले जिल्ला न्यायाधीश आचार्यलाई कारबाही स्वरुप दुर्गम जिल्ला, मुगुमा काज सरुवा गरेका हुन्।

मुगु जिल्ला अदालतका न्यायाधीश रमाकान्त अधिकारीलाई सिन्धुली सरुवा गरिएको न्याय परिषद् स्रोतले जानकारी दिएको छ।

बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा योजनाबद्ध रुपमा निजी स्वामित्वमा ल्याएको विषयमा अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गत बिहीबार (माघ १८ गते) चौधरीसहितलाई पक्राउ गरेको थियो।

सीआईबीले सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण चौधरी, तत्कालीन बाँसबारी छाला जुत्ता कम्पनी लिमिटेडका अध्यक्ष अजितनारायण सिंह थापा र सञ्चालक समिति अध्यक्ष सञ्जय ठाकुरलाई पक्राउ गरेको थियो।