ताप्लेजुङमा पहिरोमा परी गाउँपालिका उपाध्यक्षको परिवारका ४ जनाको मृत्यु, २ जना घाइते

ताप्लेजुङमा पहिरोमा परी गाउँपालिका उपाध्यक्षको परिवारका ४ जनाको मृत्यु, २ जना घाइते

ताप्लेजुङ ।

ताप्लेजुङमा पहिरोले फक्तालुङ गाउँपालिका उपाध्यक्ष रवीन साम्रा लिम्बुको घर बगाएको छ । घर बगाउँदा उनको परिवारका ४ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ७१ वर्षीय रामबहादुर साम्रा लिम्बु, उनकी श्रीमती जसमाया साम्रा र जुम्ल्याहा छोरी १२ वर्षीया गंगा र जमुना साम्रा लिम्बु रहेको गाउँपालिका अध्यक्ष राजन लिम्बुले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष लिम्बुका अनुसार पहिरोमा परी मृत्यु भएका उनीहरु उपाध्यक्ष रविनका बुबा र कान्छी आमा र २ बहिनी हुन् । उनले मध्यरात करिब २ बजेको समयमा आएको पहिरोले घर बगाएको उनले बताए ।

पहिराले दुई वटा घर बगाएको छ ।

पहिरोमा परी साम्रा परिवारकै २ जना घाइते भएका छन् ।