मानव बेचिबखनमा संलग्न सिलवाल ३० वर्षपछि पक्राउ

मानव बेचिबखनमा संलग्न सिलवाल ३० वर्षपछि पक्राउ

सिन्धुपाल्चोक ।

मानव बेचिबखनमा संलग्न प्रतिवादी ३० वर्षपछि पक्राउ परेका छन् ।

सिन्धुपाल्चोकका दुई जना युवतीलाई २०३९ सालमा ४० हजारमा भारतमा लगेर बेच्ने सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका २ का नारायण विक्रम सिलवाल पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालयले उनलाई जेठ २० गते पक्राउ गरेको हो । अदालतबाट पाँच दिनको म्याद थपेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।