सुम्बेकमा आमा छोराले गरे झुन्डिएर आत्महत्या

सुम्बेकमा आमा छोराले गरे झुन्डिएर आत्महत्या

विराटनगर ।

इलाम नगरपालिका–२, सुम्बेकका आमा छोराले झुन्डिएर आत्महत्या गरेका छन् ।

शनिबार बिहान आमा ४३ वर्षीय फूलमाया तामाङ र उनका छोरा अन्दाजी २० वर्षका जीवन तामाङ एकै ठाउँमा झुन्डिएको फेला परेका हुन् ।

दुवै जनाले घरको दलिनमा डोरीको पासो लागेर झुन्डिएको फेला परेको इलामका प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालका
जानकारी दिए । घरमा आमा छोरा मात्रै बस्ने गर्दथे ।

प्रहरीका अनुसार आमा–छोरा नै मापसे गर्ने गर्दथे । शनिबार पनि आमा छोराबिच विवाद सामान्य भएको थियो । विवाद पछि आमा फूलमायाले गाउँलेलाई लिएर आउँछु भनेर बोलाउन निस्किएकी थिइन् । आमा निस्केको मौका पारेर छोरा झुन्डिएका थिए ।

‘आमा आइपुग्दा छोरा झुन्डिएको अवस्थामा रहेछ । छोरा झुन्डिएको देखेपछि आमाले पनि झुन्डिएको पाइयो । पछि गाउँलेहरू आउँदा दुवै जना झुन्डिएको देखियो,’ ढकालले भने ।

प्रहरी प्रमुख ढकालले जीवनका बुबालाई भेटेर सोधपुछ गर्ने काम भइरहेको जानकारी दिए ।