७२ लाख रुपैयाँसहित २ जना पक्राउ

७२ लाख रुपैयाँसहित २ जना पक्राउ

काठमाडौं ।

प्रहरीले ७२ लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ ।

काठमाडौं प्रहरीको विशेष टोलीले भोजपुरका भीमसेन बिक र खेमराज बिकलाई स्रोत नखुलेको ७२ लाख रुपैयाँसहित पक्राउ गरेको हो ।

उनीहरूलाई चाबहिलमा रहेको लुम्बिनी गेस्ट हाउसबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान जारी छ । प्रहरीको सोधपुछका क्रममा उनीहरूले आफूहरू सुन व्यवसायी रहेको बताएका छन् ।