अर्घाखाँचीबाट छोरी भेट्न गएका थानेश्वरकाे गर्मीका कारण मृत्यु

अर्घाखाँचीबाट छोरी भेट्न गएका थानेश्वरकाे गर्मीका कारण मृत्यु

कपिलवस्तु ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर १ कपासी टोलमा अत्यधिक गर्मीका कारण एक पुरुषको मृत्यु भएको छ ।

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ९ अर्घाबाट कपिलवस्तुको इमिलियामा छोरी भेट्न आएका ५२ वर्षीय थानेश्वर परियारको मृत्यु भएको हो।

जेठ १५ मा परियार आफ्नो घरबाट छोरीलाई भेट्न आएका थिए । गर्मीमा डिहाईड्रेसनको कारणले ज्यान गएको हुनसक्ने वडाध्यक्ष तिलक बस्नेतले बताए ।

उनले परियारको मृत्यु गर्मीकै कारण भएको प्रारम्भिक रुपमा देखिएको उनले जानकारी दिए । इलाका प्रहरी कार्यालय गोरुसिंगेका प्रहरी निरीक्षक बील बहादुर सुनारले स्थानवासीले दिएको विवरणअनुसार परियारको मृत्यु गर्मीकै कारण रहेको प्रारम्भिक रुपमा देखिएको बताए ।