सुर्खेतमा १० यात्रु बाेकेकाे जीप दुर्घटना, ४ जनाको मृत्यु

सुर्खेतमा १० यात्रु बाेकेकाे जीप दुर्घटना, ४ जनाको मृत्यु

सुर्खेत ।

सुर्खेतबाट कालिकोट जाँदै गरेको बोलेरो जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

बिहीबार बिहान भे १ च २५६० नम्बरको बोलेरो जीप रातानाङ्गला नजिक दुर्घटना हुँदा चार जनाको भएको छ बहने ५ जना घाइते भएका छन् ।

जीप सडकबाट ३ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । प्रहरीका अनुसार जीप राति दुर्घटना भएपनि बिहान मात्र उद्धार कार्य भएको थियो । जीपमा १० यात्रु रहेको प्रहरीले बताएको छ ।