‘बुहारी ग्रुप’ले चिल्ड्रेन होमका बालबालिकालाई बाढ्यो ४० हजार बराबरको सामाग्री

‘बुहारी ग्रुप’ले चिल्ड्रेन होमका बालबालिकालाई बाढ्यो ४० हजार बराबरको सामाग्री

काठमाडौं

फेसबुक समूह’बुहारी ग्रुप’ले चिल्ड्रेन होमका बालबालिकालाई खाद्यान्न लगायतका सामान वितरण गरेको छ।

‘बुहारी ग्रुप’स्थापानाको ७ औ वार्षिकोत्सवको अवसरमा ग्रूपले ललितपुर धापाखेल स्थित Save blessing children home का २५ जना बालबालिकाहरूको लागी ४० हजार रुपैयाँ बराबर को स्टेशनरी, खाद्यान्न, पानी र खाजा वितरण गरेको हो ।

समूह सञ्चालीकाहरु प्रभा आचार्य, तुलसा आचार्य गौतम र रूपा गुरूङको अग्रसरतामा उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

ग्रूप एडमिन प्रभा आचार्य , मेम्बरहरु सुधा सिग्देल गौतम, प्राप्ति आचार्य भट्टराई, सुस्मिता आले बस्नेत, सृजना थापा, सीमा बनिया, रन्जु गिरी आचार्य, र सीता प्याकुरेलले बालबालिकाहरु समक्ष गएर उक्त सामान हस्तान्तरण गरेका थिए ।

हरेक वर्ष बार्षिकोत्सवमा यस्तै डोनेशन गर्दै आएको ग्रूप बि.स. २०७४ जेठ ११ गते स्थापना भएको थियो । उक्त समूहमा विवाहित महिला हरू मात्र मेम्बर बन्न पाउछ्न् ।

समूहले प्राकृतिक प्रकोप लगायत विभिन्न रोगहरूले ग्रसित, आर्थिक अभावले उपचार गर्न नसकेका बिरामी हरूलाई आर्थिक सहयोग समेत गर्दै आएको छ । ग्रुपमा नेपालभरका र विभिन्न देशमा बसोबास गर्ने १५ हजार भन्दा बढी मेम्बर रहेका छन् ।