राजस्थानको तापक्रम ५० डिग्री

राजस्थानको तापक्रम ५० डिग्री

नयाँ दिल्ली ।

भारतको उत्तरी भूभागमा गर्मी र ‘हिट वेभ’ झन् बढेको छ । बिहीबार राजस्थानको बार्मर सहरमा तापक्रम ४८.८ डिग्री सेल्सियससम्म पुगेको थियो । भारतको मौसम विभागले हिट वेभ आउँदो बुधबारसम्म जारी रहने जनाएको छ ।

केही क्षेत्रमा पानी र विद्युत्को अभाव भएको जनाइएको छ । दिल्लीमा बुधबार विद्युत्को माग आठ हजार मेगावाटसम्म पुगेको थियो । त्यो इतिहासकै सबैभन्दा बढी माग भएको जनाइएको छ ।

मौसम विज्ञका अनुसार, उच्च आद्र्धताका कारण तापक्रम ५० डिग्री सेल्सियसकै हाराहारीमा रहेको अनुमान गरिएको छ । अस्पतालमा गर्मीबाट हुने बिरामीको संख्या बढेको जनाइएको छ । बीबीसी