प्राइम सहकारीकाे एक अर्ब ५४ करोड घोटाला प्रकरणमा थप एक जना पक्राउ

प्राइम सहकारीकाे एक अर्ब ५४ करोड घोटाला प्रकरणमा थप एक जना पक्राउ

पोखरा ।

पोखराको प्राइम बहुउद्देश्यीय सहकारी घोटाला प्रकरणमा थप एक जना पक्राउ परेका छन् ।

सहकारीको रकम हिनामिना गरेको अभियोगमै प्रहरीले सोमबार उत्तम मगरलाई पक्राउ गरेको हो ।

प्राइम सहकारीका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रमणि पौडेल र व्यवस्थापक निरु केसीको मुख्य योजनामा रकम हिनामिना गरको आरोपमा प्रहरीले सोमबार बिहान मगरलाई पक्राउ गरेको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए ।

प्राइम सहकारीबाट एक अर्ब ५४ करोडभन्दा बढी हिनामिना भएकोमा धेरै ठूलो रकम अपचलनमा मगरको पनि संलग्नताका देखिएको प्रतिवेदन र अनुसन्धानबाट पत्ता लागेपछि पक्राउ गरिएको एसपी थापाले बताए ।

सहकारी रजिस्टायको कार्यालय गण्डकीले गराएको वित्तीय विश्लेषण र रायसहितको प्रतिवेदनकै आधारमा प्रहरीले गत मंगलबार पीडित बचतकर्ता तथा सेयर सदस्यलाई उजुरी गर्न आह्वान गरेर प्रमुख कार्यकारी अधिकृत पौडेल, व्यवस्थापक थापा, सञ्चालक समितिका अध्यक्ष शंकर कार्कीलगायत ८ जनालाई प्रक्राउ गरेको थियो ।

उत्तम मगरसहित पक्राउ पर्नेको संख्या ९ पुगेको छ ।