काठमाडौँ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बोल्न पाउने बताएका छन् ।
बिहीबार दिउँसो सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री प्रचण्डले आज अपरान्ह ४ बजे बस्ने प्रतिनिधिसभा बैठकमा गृहमन्त्री लामिछानेले बोल्न पाउने ब्रिफिङ गरेका हुन् ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगीमा संसदीय छानबिन समितिको माग गर्दै लामिछानेलाई रोस्टमा जान रोक लगाउँदै आएको थियो । कांग्रेसले लामिछानेलाई आज संसदमा बोल्न दिन तयार भएपछी प्रधानमन्त्रीले ब्रिफिङ गरेका हुन् ।
समिति बनाउने कुरामा आफूहरू सकारात्मक रहेको भन्दै लामिछानेले बोलेपछि निकास निस्किने बताए ।
Comment