रवि लामिछानेविरुद्ध छानबिन समिति गठन गर्न माग गर्दै नेविसंघ सडकमा

रवि लामिछानेविरुद्ध छानबिन समिति गठन गर्न माग गर्दै नेविसंघ सडकमा

काठमाडौं ।

सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति गठन गर्न माग गर्दै आएको कांग्रेसले भ्रातृ संस्थालाई सडकमा उतारेको छ ।

नेपाल विद्यार्थी संघका कार्यकर्ताले सहकारी पीडितलाई न्याय दिनुपर्ने माग गर्दै बुधबार बिहान त्रिचन्द्र क्याम्पस अगाडि प्रदर्शन गरेका छन् ।

गृहमन्त्री रवि लामिछानेले आफूलाई संसद्‌मा पहिले बोल्न दिनुपर्ने माग गर्दै आएका छन् ।

उनले दोषी भए राजनीति छोड्ने बताएका छन् । तर नेविसंघले ‘दोषी ठहर हुनलाई पहिले छानबिन हुनुपर्ला नि !’ भन्दै प्रदर्शन गरेको छ ।

गोर्खा मिडियाका फरार अध्यक्ष जीबी राई खै ? भन्दै विद्यार्थीले गृहमन्त्री लामिछानेलाई प्रश्न गरेका छन् ।
कांग्रेस निकट महिला संघले हिजो प्रदर्शन गरेको थियो भने तरुण दलले आज दिउँसो विरोध प्रदर्शन गर्दैछ ।