एसिसी महिला प्रिमियर कप : नेपालको लगातार दोस्रो जित

एसिसी महिला प्रिमियर कप : नेपालको लगातार दोस्रो जित

मलेसियामा जारी एसिसी महिला प्रिमियर कपको दोस्रो खेलमा नेपालले भुटानलाई पराजित गरेको छ।

भुटानलाई आइतबार भएको खेलमा ८ विकेटले हराउँदै नेपालले लगातार दोस्रो जित निकाल्दै क्वाटरफाइनल नजिक पुगेको छ।

टस जितेर पहिलो फिल्डिङ गरेको भुटानले नेपाली बलरसामू खुलेर खेल्न असफल भयो। भुटान २० ओभरमा ४ विकेट गुमाएर ६५ रनमा समेटिएको थियो।

उसका लागि ओपनर नवाङ छोडेनले २५ रन बनाउँदा छिरिङ जाङ्गमो १६ रन तथा कप्तान डेचेन वाङ्गमोले १७ रनको योगदान दिएकी थिइन्। नेपालका लागि कविता कुँवर, सीता रानामगर, इन्दु बर्मा र कविता जोशीले समान १-१ विकेट लिए।

६६ रनको सामान्य लक्ष्य लिएर मैदान उत्रिएको नेपालले उक्त लक्ष्य १२ ओभरमा २ विकेट गुमाएर पूरा गरेको थियो। नेपालको सहज जितमा सीता राना मगर ३२ तथा रुविना क्षेत्री १७ रनमा अविजित रहे।

जितसँगै नेपालको २ खेलबाट ४ अंक बनाउँदै समूह ‘डी’ मा शीर्ष स्थानमा उक्लिएको छ। अब नेपालले मंगलबार समूह विजेता बन्न माल्दिभ्सको सामना गर्ने छ।

यसअघि आफ्नो पहिलो खेलमा नेपालले अङकङलाई ८ विकेटले पराजित गरेको थियो। समूहको शीर्ष २ टोलीले क्वाटरफाइनल खेल्नेछन्।