सुनकोशीमा बेपत्ता ३ मध्ये एक बालकको शव फेला

सुनकोशीमा बेपत्ता ३ मध्ये एक बालकको शव फेला

उदयपुर ।

उदयपुरको त्रियुगा नगरपालिका वडा नं १४ स्थित धाप्लाङमा आइतबार होली मनाएर पौडी खेल्न गएका ३ बालबालिका सुनकोशी नदीमा बेपत्ता भएका थिए ।

बेपत्ता भएका ३ मध्ये मंगलबार १ जनाको शव फेला परेको छ । धाप्लाङ घाटभन्दा करिब १ किलोमिटर तल ९ वर्षीय रिदम मगरको शव फेला परेको सशस्त्र प्रहरीको बराह बाहिनीका डीआईजी अन्जनीकुमार पोखरेलले बताए ।

शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको छ । बेपत्ता २ बालबालिकालाई सशस्त्र प्रहरीको गोताखोर टोली, स्थानीयबासीलगायतले खोजी गरिरहेका छन् ।