पहिलो बेत ब्याउने भैंसीलाई ‘सुत्केरी भत्ता’ दिइने

पहिलो बेत ब्याउने भैंसीलाई ‘सुत्केरी भत्ता’ दिइने

काठमाडौं ।

गुल्मीको मालिका गाउँपालिकामा पहिलो बेत ब्याउने भैंसीलाई सुत्केरी भत्ता दिइने भएको छ ।

मालिका गाउँपालिका-८ कार्यालयले मंगलबार एक सूचना प्रकाशित गर्दै सुत्केरी भत्ता प्राप्त गर्न पशुपालक कृषकबाट निवेदन माग गरेको हो ।

१ साउन २०८० यता भ्याएका भैसी पालक कृषकले निवेदन दिन सक्ने भएका छन् । कार्यालयका अनुसार कृषकको घरमै जन्मेको भैंसीको पाडी पहिलो बेत घरमै ब्याएको हुनुपर्ने छ ।

कम्तिमा तीन जना छिमेकी साँची बसेर मुचुल्का गनुपर्ने समेत कार्यालयले जनाएको छ ।