बलात्कार आराेपमा २ जना पक्राउ

बलात्कार आराेपमा २ जना पक्राउ

काठमाडाैँ ।

बलात्कार गरेकाे आराेपमा भाेजपुर र हुम्लाबाट २ जना पक्राउ परेका छन् ।

१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भोजपुर नगरपालिका-१२ टक्सार बस्ने ३३ वर्षीय बलबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

श्रेष्ठले ती बालिकालाई मंसिर ९ गते सोही ठाउँस्थित सल्लाघारीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

४५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा हुम्लाकाे अदानचुली गाउँपालिका-३ गोरपाली बस्ने २० वर्षीय हर्क बुमीलाई प्रहरीले पक्राउ गरेको छ ।

बुमीले ती महिलालाई सोही गाउँपालिका-४ स्थित रिल्मा वनमा जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा प्रहरी चौकी गल्फगाडबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटा‍नाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।