बिसीसीआईले टेस्ट क्रिकेटरलाई थप बोनस दिने

बिसीसीआईले टेस्ट क्रिकेटरलाई थप बोनस दिने

काठमाडौं ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले टेस्ट क्रिकेटप्रति खेलाडीहरूलाई आकर्षित गर्न थप बोनस दिने घोषणा गरेको छ।

शनिबार इङल्याण्डविरुद्धको टेस्ट जितेर सिरिज ४-१ ले जितेपछि बिसीसीआईले सिजनका ७५ प्रतिशत खेल खेल्ने खेलाडीले एउटा टेस्ट खेलेबापत ४५ लाख रुपैयाँ पाउने घोषणा गरेको हो। त्यस्तै सिजनका ५० देखि ७४ प्रतिशतसम्म खेल्ने खेलाडीले ३० लाख रुपैयाँ पाउनेछन्।

त्यस्तै ७५ प्रतिशत खेल खेल्न टिममा रहेका तर प्लेइङ ११ मा नरहेका खेलाडीले प्रति खेल २२.५ लाख पाउने छन् भने सिजनका ५० देखि ७४ प्रतिशतसम्म खेल्ने टिममा रहेर प्लेइङ ११ मा नरहेका खेलाडीले प्रति खेल १५ लाख पाउने भएका छन्। यो रकम बोर्डसँग रहेको केन्द्रीय सम्झौताको अतिरिक्त उपलब्ध हुनेछ। साथै यो इन्सेन्टिभ स्किम बोर्डको सम्झौतामा नरहेका खेलाडीलाई पनि लागु हुने बोर्डले बताएको छ।

यस अघि बीसीसीआईले आईपीएल २०२४ पछि टेस्ट म्याच शुल्क बढाउने र प्रोत्साहन योजना लागू गर्ने बताइएको थियो।

आइपिएलको लोकप्रियता र टी-२० मा खेलाडीको आकर्षण बढेपछि खेलाडीहरु इन्जुरीबाट बच्न एकदिवसीय र टेस्ट क्रिकेट खेल्न नखोजेको भन्दै बोर्डले हालै चेतावनी समेत दिएको थियो।