घरमा लुटपाट गर्न चिर्पटले हानेर हत्या

घरमा लुटपाट गर्न चिर्पटले हानेर हत्या

बाँके ।

बाँकेमा गएराति चिर्पट प्रहार गरी एक जनाको हत्या गरिएको छ ।

बुधबार राति १ बजे बाँकेको खजुरा गाउँपालिका–५ रुद्रपुर नयाँ बस्ती बस्ने ४० वर्षीय सन्तोष कठरियाको चिर्पट प्रहार गरी हत्या गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए ।

५/६ जनाको अपरिचित समूहले मृतक कठरियालाई धारिलो चिर्पट दाउरा प्रहार गरी निर्घात घाइते बनाएको र घाइते कठरियाको उपचारका क्रममा नेपालगञ्ज नर्सिङहोममा राति नै मृत्यु भएको प्रजिअ पोखरेलले जानकारी दिए ।

उनका अनुसार अपरिचत समूह मृतकको घरमा लुटपाट गर्ने उदेश्यले गएको र सोही क्रममा कठरियालाई चिर्पट प्रहार गरी घाइते बनाएर लुटपाट गरेर फरार भएको थियो । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको प्रजिअ पोख्रेलले बताए ।